घट्यो कि बढ्यो तरकारी र फलफूलको मूल्य ? (सूचिसहित)

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारी प्रभाव नेपालमा पनि देखिएको छ । नेपालले पहिलो भेरियन्ट र दोस्रो भेरियन्ट फैलिँदा लामो समय लकडाउन पनि खेपिसकेको छ ।

अहिले सबैजसो व्यापार व्यवसाय प्राय ठप्प जस्तै छन् भने कृषि क्षेत्र अझ बढी कोरोना भाइरसबाट थलिएको छ । यो अवस्थामा नेपालमा सामान्य बाहेक तरकारी तथा फलफुलको व्यापार पनि त्यति राम्रो छैन ।

Advertisement

कालिमाटी तरकारी तथा फलफुल बजारमो मूल्य सूचि अनुसार, हाल अलि बढी बिक्री हुने मध्यको अदुवाको औसल होलसेल मूल्य ८५ रुपैयाँ रहेको छ । फलफुलकै राजा मानिने अनारको औसत मूल्य २९० रुपैयाँ रहेको छ ।

यसैगरी, चोसा आँप १२५, दसहरी आँप १३५ र मालदह आँपको १४५ रुपैयाँ रहेको छ । आलु रातो प्रतिकेजी ४९ रुपैयाँ, भारतीय आलु २९ रुपैयाँ, मुडे आलु ४६ रुपैयाँ र सेतो आलु प्रतिकेजी ३४ रुपैयाँ ५० पैसा रहेको छ ।

कागती प्रतिकेजी १२५ रुपैयाँ, हरियो खूर्सानी अकबरे ३२५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३१० र सानो (टनेला) गोलभेँडा प्रतिकेजी ४६ रुपैयाँ रहेको छ ।

यस्तो छ कालिमाटी तरकारी तथा फलफुल बजारको आजको मूल्य सूचि

 

More News last news
Loading...