बैतडी । आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ।
सोमबार बेलुका ६ बजेर ४९ मिनेट जाँदा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालले जनाकारी दिए।
उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।
यसअघि साउन ८ गते खोटाङ केन्द्रबिन्दू बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो।
२०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएयता परकम्प जाने क्रम अझै रोकिएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
