एनआरएनए इंग्ल्यान्ड राज्यपरिषद्‌ अध्यक्षमा स्याङ्जाका एलबिजेडको उम्मेदवारी घोषणा

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) इंग्ल्यान्ड राज्यपरिषद्‌को अध्यक्षमा स्याङ्जाका लालबहादुर गुरुङ (एलबिजेड) ले उम्मेदवारी घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘आश, परिवर्तन र एकता’ को सन्देशसहित इंग्ल्यान्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

गुरुङले आफू बिजयी हुँदै गर्दा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा समस्याको हल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भनेका छन्, ‘अहिले मैले भोगिरहेको समस्या, मैले गरिरहेको अनुभव र मैले उठाइरहेको मुद्धा मेरा होइनन्, समग्र गैर आवसीय नेपालीहरुको हो ।’

Advertisement

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘अब मलाई इंग्याल्याण्ड राज्य परिषदको अध्यक्ष बनाएर मेरो अनुभव, सीप र ऊर्जालाई संस्थागत हिसाबमा गैरआवसीय नेपालीको हितमा लगाउने अवसर दिनुहुनेछ भन्ने पूर्ण विश्वस्त छु।

‘म संस्थामा गएर कायापलट नै गर्छु, म नेतृत्वमा जानेबित्तिकै सम्पूर्ण समस्याको हल गर्नेछु भनेर मैले दाबी गर्दिनँ । म यत्ति विश्वास दिलाउँछु कि, म व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने छु र आम साझा सस्यालाई मुख्य एजेण्डा बनाउने छु’ ।

हाल इंग्याल्याण्ड राज्य परिषदको उपाध्यक्ष समेत रहेका गुरुङले एनआरएन युकेको युवा संयोजक लगायतका पदहरुमा लामो समयदेखि काम गरेको अनुभव छ । ‘अहिलेसम्म विभिन्न संघ, संस्थामा रहेर काम गरेको मेरो अनुभवलाई एनआरएन इंल्याण्ड राज्य परिषदमा लगाउने वाचा गर्दछु । फेरि पनि यहाँहरुको शुभेच्छा, हौसला र मतले विजयी गराउनुहुनेछ, यहाँहरुको मतको सम्मानमा काम गर्ने अवसर प्रदान गरिदिनुहुनका लागि हार्दिक अपिल गर्दछु । ’, उनले भनेका छन्।

स्याङ्जाको पुतलीबजार नगरपालिका अन्तर्गत कोल्मा निवासी गुरुङले पर्यटकीय कोल्मा र राईपुरको पर्यटन प्रबद्र्वनका लागि बिभिन्न कार्यक्रम समेत गर्दै आईरहेका छन्। एनआरएनएमा जोडिएर नेपाल र आफ्नो गाउँ ठाउँलाई भुल्दै जाने परम्परा बनिरहेको समयमा उनी भने आफ्नो गाउँलाई पनि उत्तिकै माया गर्नेमा चिनिन्छन्।

More News last news
Loading...