पोखरा र बाग्लुङमा उपचाररत ४ जना कोरोना संक्रमितको ज्यान गयो

पोखरा । कोरोना संक्रमित भई पोखरा र बाग्लुङका विभिन्न अस्पतालमा उपचाररत थप चार जनाको उपचारकै क्रममा ज्यान गएको छ। कोरोना संक्रमण पुष्टि भई पोखराको मिलिटरी अस्पताल, मणिपाल शिक्षण अस्पताल र धौलागिरी अस्पताल बाग्लुङमा उपचाररत दुई पुरुष र दुई महिलाको ज्यान गएको गण्डकी स्वास्थ्य निर्देशनालायले आइतबार जानकारी दिएको छ।

निर्देशनालायका अनुसार असार ११ गते कोरोना संक्रमण पुष्टि भई बाग्लुङको धौलागिरी अस्पतालमा उपचाररत बाग्लुङको जैमिनी गाउँपालिका ९ का ५२ वर्षीय पुरुषको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो।

Advertisement

त्यस्तै, साउन ७ गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत गोरखाको पालुङटार नगरपालिका ३ का ७० वर्षीय पुरुषको शनिबार निधन भएको हो।

साउन १ गते कोरोना संक्रमण पुष्टि भई मणिपालमा उपचाररत कास्कीको पोखरा महानगरपालिका ११ की ६३ वर्षीया महिलाको आइतबार ज्यान गएको निर्देशनालयले जनाएको छ।

साउन १ गते नै कोरोना संक्रमण पुष्टि भई मिलिटरी अस्पताल पोखरामा उपचाररत पोखरा ३० की ५० वर्षीय महिलाको शनिबार उपचारको क्रममा ज्यान गएको हो। यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ५४ पुगेको छ।

More News last news
Loading...