काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । दुई लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलाम बढाबढबाट बिक्री गर्ने बैंकले जनाएको छ।
उक्त सेयर खरिदका लागि साउन १५ गतेदेखि २९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । बिक्री गरने सेयर संस्थापक समूहमा नै रहने गरी लिलाम बिक्री गर्न लागेको बैंकको भनाइ छ।
सेयर खरिदका लागि संस्थापक सेयरधनी, ईच्छुक व्यक्ति तथा संगठित संस्थाले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
