काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशको गठबन्धन सरकारमा जाने तीन मन्त्रीको टुङ्गो लगाएको छ। बिहीबार बसेको कांग्रेस र माओवादी केन्द्रबीचको बैठकले माओवादीबाट सरकारमा जाने सांसदको टुंगो लागेको हो।
सांसदहरू रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक चर्तीलाई मआओवादीले गण्डकी सरकारमा पठाउने निर्णय गरेको हो।
रामजी बराललाई, दीपक चर्तीलाई वन तथा वातावरण मन्त्रालय र चन्द्रबहादुर बुढालाई कृषि मन्त्रालयको जिम्मेवारी दिने तय भएको हो।
तीनैजना मन्त्रीको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको माओवादीका सांसद दीपक कोइरालाले जानकारी दिए।
माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
