गण्डकीमा फेरि बढ्यो कोरोना संक्रमण र मृत्युदर

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो केही दिनयता कोरोना संक्रमण र मृत्यु दर दुवै बढ्दै गएको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गत असार ३० मा मृत्यु संख्या शून्यमा झरेको भए पनि त्यसयता क्रमिक रूपमा उकालो लाग्दै गएको छ।

गत असार ३१ मा ११ सय स्वाब परीक्षणको क्रममा ३६० जनामा संक्रमणको पुष्टि भएको थियो। उक्त दिन ६ जनाको मृत्यु भएको थियो।

Advertisement

यस्तै, साउन १ गते ११ सय २३ पिसिआर परीक्षण गर्दा ३८१ जनामा संक्रणको पुष्टि भएको थियो। उक्त दिनमा तीनजनाको मृत्यु भएको थियो। साउन २ मा एक हजार ४५ परीक्षणबाट २६८ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने तीनजनाको मृत्यु भएको थियो।

यस्तै, साउन ३ मा गरिएको परीक्षणमा ३३८ जनामाको संक्रण पुष्टि भएको थियो। उक्त दिन पाँचजनाको मृत्यु भएको थियो। साउन ४ मा ४१० जनामा संक्रमण देखिँदा ६ जनाको मृत्यु र साउन ५ मा गरिएका १२ सय ४ स्वाबबाट ४३८ जनामा संक्रमणको पुष्टि भएको छ भने सात जनाको संक्रमणबाट मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीमा हालसम्म ६२ हजार ३६१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलवार साँझसम्मको तथ्यांकअनुसार दुई लाख ६० हजार ८४२ जनाको स्वाब परीक्षणको गरिएको छ।

यस्तै, हालसम्म एक हजार ३८ जना संक्रमितको मृत्यु भइसकेको छ। ५८ हजार २९३ जना संक्रमणमुक्त भएका छन् भने तीन हजार ३० जना सक्रिय संक्रमित छन्।

More News last news
Loading...