काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनका लागि नेपाली काँग्रेसका सांसद गगन थापा दमौलीबाट हेलिकप्टरमार्फत् काठमाडौं आइपुगेका छन् ।
दमौलीमा नेपाल महिला संघ व्यास नगर समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भइ उनी काठमाडौँ उडेका हुन् ।
एक्कासि पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि हतार–हतार उनी विश्वासको मत दिन काठमाडौँ हानिएका हुन् ।
पोखरामा दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिमा सहभागी भइ गाडीमार्फत् उनी दमौली आएका थिए।
दमौलीमा भएको नेपाली काँग्रेसको १४ औं महाअधिबेशनमा महिलाको भूमिका चुनौती र अवसर बिषयक प्रशिक्षण एवम अन्तक्रिया कार्यक्रममा उनले सहभागिता जनाएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
