फेसबुकले ‘मानिस मारिरहेको’ बाइडेनको आरोप

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले खोपबारे गलत सूचना शेयर गर्न दिएर फेसबुकले ‘मानिस मारिरहेको’ आरोप लगाएका छन्।

‘कोभिडबारेको गलत सूचनामा, फेसबुकजस्ता प्लेटफर्मलाई तपाई के भन्न चाहनुहुन्छ ?’ ह्वाइट हाउसमा शुक्रबार बाइडेनलाई एक पत्रकारले सोधेका थिए।

Advertisement

‘उनीहरुले मानिस मारिरहेका छन्’ बाइडेनले भने, ‘हाम्रोमा खोप नलगाएका मानिस माझ मात्रै महामारी छ र उनीहरुले मान्छे मारिरहेका छन्’ उनले भने।

बिहीबारमात्रै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले कोरोना भाइरस र खोपबारेको गलत सूचना नियन्त्रण गर्नका लागि बाइडेन प्रशासनले फेसबुकसँग छलफल गरिरहेको बताएकी थिइन्। यसपछि उनले आलोचना सहनुपरेको थियो।

फेसबुकले शुक्रबारै विज्ञप्ति जारी गर्दै बाइडेनको आरोपको खण्डन गरेको छ। कम्पनीले मानिसको ज्यान लिने नभएर ज्यान जोगाउन काम गरिरहेको उसको दाबी छ।

‘तथ्यसंगत नरहेका आरोपहरूबाट हामी विचलित हुनेछैनौं,’ विज्ञप्तिमा भनिएको छ, ‘खासमा २ अर्ब मानिसले कोभिड १९ र खोप बारेको विश्वासिलो जानकारी फेसबुकमार्फत लिएका छन्।

इन्टरनेटका अन्य कुनै स्थानको दाँजोमा यो धेरै हो। ३३ लाखभन्दा धेरै अमेरिकीहरुले कहाँ र कसरी खोप लगाइन्छ भनेर पत्ता लगाउनका लागि आफ्नो ‘भ्याक्सिन फाइन्डर टुल’ प्रयोग गरेका छन्। यो तथ्यले देखाउँछ कि फेसबुकले जीवन र समय बचाउन सहयोग गरिरहेको छ।’

यसअघि अमेरिकी सर्जन जनरल विवेक मुर्थीले खोपबारे फैलाइएका गलत सूचना जनस्वास्थ्यका लागि घातक रहेको घोषणा गरेका थिए। त्यस्तै, अमेरिकी अधिकारीहरुले खोपका कारण मृत्यु र गम्भीर बिरामी हुने अवस्थालाई रोकथाम गर्न सकिने बताएका थिए।

‘गलत सूचनामा हाम्रो देशको स्वास्थ्यमा तातो र खतरनाक चुनौती पेश गरेको छ’ बिहीबार ह्वाइट हाउसमा मुर्थीले भनेका थिए, ‘हामीले गतल सूचनासँग लड्नैपर्छ। मानिसको जीवन यसमा निर्भर छ।’

More News last news
Loading...