पोखरा । पोखरामा गए राति एक युवकको भिरबाट लडेर मृत्यु भएको छ। पोखरा महानगरपालिका–१८ मेथलाङको डाँडाको भिरबाट लडेर गोरखा घर भई पोखरा ७ मासबार बस्दै आएका २७ वर्षीय संजोग थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार साथीहरूसँग मादक पदार्थ सेवन गरी बसेका थापा गए राती १ स् ४० बजे भिरबाट खसेका थिए।
करिब ५० मिटर तल खसेर घाइते भएका थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए। प्रहरीले थापाका साथीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।
यस्तै, पोखरा महानगरपालिकाका प्रमूख मानबहादुर जिसीको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। उच्च रक्तचापका कारण मस्तिष्कघात भइ आज बिहान बिरामी हुनु भएका प्रमूख जिसीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको हो।
उनलाई शुक्रबार बिहान करिब ४ बजे असहज महसुस भएपछि तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पतालमा पुर्याइएको थियो।
मणिपाल शिक्षण अस्पतालमा उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले उनको शरीरको देब्रेतर्फ समस्या भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
