चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदान दिने

काठमाडौँ । चीनले नेपाललाई थप १६ लाख डोज कोभिड-१९ विरुद्धको खोप (भ्याक्सिन) दिने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी गराएकी हुन्।

Advertisement

परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराएकी थिइन्।

प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि धन्यवाद दिँदै कोभिड-१९ नियन्त्रण तथा न्यूनीकरणका लागि चिनियाँ सरकारबाट थप सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त गरे।

प्रधानमन्त्री नियुक्त भएको ४ दिनपछि चिनियाँ रावदूत यान्छी देउवालाई भेट्न शुक्रबार सरकारी निवास बालुवाटार पुगेकी थिइन्।

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छीबीचको शुक्रबारको भेटमा चीन–नेपाल सम्बन्धका बहुआयामिक पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

More News last news
Loading...