काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक–एक रुपैयाँका दरले घटाइएको निगमले जनाएको छ।
निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक–एक रुपैयाँ घटाइएको निगमको भनाइ छ। अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा झरेको छ।
यस्तै डिजेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ। निगमका अनुसार डिजेलको मूल्य अब १११ रुपैया प्रतिलिटर कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह पनि गरेको छ।
तर अघिल्लो हप्ता निगमले इन्धनको मूल्य बढाएपछि नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु (माधव समूह)लगायतका पाँच विद्यार्थी संगठनले मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्दै आएका थिए। मूल्य घटाइएपछि विद्यार्थी संगठनको आन्दोलन पनि फिर्ता हुने जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
