काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से मंगलबार थप ५.२४ अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक ५.२४ अंकले घटेर २ हजार ८१८.१० विन्दुमा झरेको हो। गत सोमबार यस्तो गिरावट ११.७८ अंकले घटेर नेप्से २ हजार ८२२.७३ विन्दुमा अड्किएको थियो।
नेप्सेका अनुसार यस दिन कुल २२० कम्पनीका एक करोड एक लाख ३५ हजार २०९ कित्ता सेयर ४६ हजार ३१० पटक किनबेच हुँदा ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रुपैयाँको मात्र कारोबार भएको छ। यो गत सोमबारको तुलनामा करिब ३० करोडले कमी हो ।
नेप्सेका अनुसार आज राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.३१ प्रतिशतका दरले कमाएका छन्।
हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.५३ प्रतिशतका दरले गुमाएका छन्।
आज हिमालयन डिस्टिलरी लिमिटेडका सेयर सबैभन्दा धेरै ३५ करोड ८९ लाख दुई हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
संख्यात्मक आधारमा सनराइज फर्स्ट म्युचुअल फण्ड सबैभन्दा धेरै नौ लाख २० हजार ९५० कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर सबैभन्दा धेरै तीन हजार १५७ पटक किनबेच भएका थिए।
आज बैंकिङ, जीवन बिमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बिमाबाहेक सबै समूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
