कास्की । कोभिड-१९ का कारण जेठ ८ मा ज्यान गुमाएका सवारी चालक बाजुबंघ चौधरीको परिवारलाई आर्थिक सहयोग गरिएको छ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो। बर्दियाको गुलरिया नगरपालिका-५ घर भएका चौधरी गण्डकीको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र पोखरामा हलुका सवारी चालक पदमा कार्यरत थिए।
अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ गण्डकी प्रदेशले प्रदेश अन्तर्गतका विभिन्न कार्यालय, प्रदेशसभा सचिवालय, नीति तथा योजना आयोग लगायतमा कार्यरत सवारी चालकसंग सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको संघका केन्द्रिय सदस्य एवं गण्डकीका सहइन्चार्ज मीन श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मृत्तकको छोरा सुवासलाई ८० हजार ५ सय २० रुपैया हस्तान्तरण गरेका छौ। ‘एकदमै मिलनसार र सहयोगी थिए’ उनले भने, ‘राष्ट्रप्रति पुर्याएको योगदानको कदर गर्दै परिवारलाई आर्थिक सहयोग गरेका हौ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
