शुक्लागण्डकी नगरपालिका-४ मा अग्नि नियन्त्रण यन्त्र वितरण

तनहुँ । समुदायमा हुन सक्ने आगलागी नियन्त्रण गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका वडा नं–४ ले अग्नि नियन्त्रण यन्त्र वितरण गरेको छ।

Advertisement

वडा भित्र रहेका १६ वटा टोल लगायत सामुदायिक विद्यालय, स्वास्थ्य शाखा, खानेपानी लगायत संस्थाहरू गरी ९० वटा अग्नि नियन्त्रण यन्त्र वितरण गरिएको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए।

बजार क्षेत्रमा बाक्लो बस्ति रहेको र आगलागी भईहालेमा हुन सक्ने क्षति नियन्त्रण गर्नका लागिका अग्नि नियन्त्रण यन्त्र वितरण गरिएको बताए।

More News last news
Loading...