आज घट्यो की बढ्यो सुनको भाउ ? हेर्नुहोस् कतिमा हुँदैछ कारोबार

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) नेपाली बजारमा सुनको भाउ स्थिर छ।

सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको सुनको भाउ आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।

More News last news
Loading...