पोखरा महानगरपालिकाद्वारा ६ अर्ब २७ करोड बजेट सार्वजनिक, कुनमा कति ?

काठमाडौँ । गण्डकी प्रदेशको मुख्य राजधानी समेत रहेको पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७८ का लागि अनुमानित आय व्ययसहित कुल ६ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ।

बिहीबार नगरसभामार्फत सार्वजनिक गरिएको बजेटको स्रोत व्यवस्थापन संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण, प्रदेश सरकार वित्तीय हस्तान्तरण, आन्तरिक स्रोत परिचालन र राजस्व बाँडफाँड लगायतका स्रोत मार्फत कार्यान्वयन गरिने जनाएको छ।

Advertisement

यस्तो स्रोत व्यवस्थापनका लागि महानगरले संघीय सरकार वित्तीय हस्तान्तरणबाट २ अर्ब ५६ करोड १६ लाख अर्थात् ४१ प्रतिशत, प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड २८ लाख अर्थात १ दशमलव ५ प्रतिशत, संघीय राजश्व बाँडफाँटबाट ३१ करोड २१ लाख ५४ हजार अर्थात ५ प्रतिशत, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ६ करोड १८ लाख ७६ हजार अर्थात १ प्रतिशत, आन्तरिक आयबाट २ अर्ब २२ करोड अर्थात ३५ प्रतिशत व्यहोरिने महानगरले जनाएको छ।

यसो गर्दा अझ बजेट स्रोत व्यवस्थापनमा १ अर्ब ३ करोड ७५ लाख ९२ हजार न्यून देखिने जनाएको महानगरले न्यून हुन जाने बजेट पूर्ति गर्न गत आवको सञ्चित मौज्दात र चालू आवको अन्त्यमा बचत हुने रकमबाट व्यहोर्ने जनाएको छ।

कुल ६ अर्ब २७ करोड बजेट विनियोजनको प्रस्ताव गरेको महानगरले चालूतर्फ रु २ अर्ब ९० करोड ९४ लाख अर्थात ४६ दशमलव ४ प्रतिशत र पुँजीगत खर्चतर्फ रु।३ अर्ब ३६ करोड ८० लाख अर्थात ५३ दशमलव ६ प्रतिशत छुट्याएको हो ।

खर्च विनियोजन

विशेष गरी महानगरपालिकाले शिक्षा स्वास्थ्य, भौतिक पूर्वाधार तथा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएर विनियोजन गरिएको बजेटमा केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालयतर्फ ८८ करोड ८६ लाख अर्थात १४ प्रतिशत, सामाजिक विकासतर्फ १२ करोड ७९ लाख ८९ हजार, अर्थात २ प्रतिशत, शिक्षातर्फ १ अर्ब ४२ करोड ८७ लाख ३५ हजार, २२ दशमलव सात पाँच प्रतिशत बजेट प्रस्ताव गरेको छ ।

त्यस्तै कृषितर्फ १४ करोड ४९ लाख अर्थात २ दशमलव ३ प्रतिशत, स्वास्थ्यतर्फ ४० करोड २२ लाख, ६ दशमलव ४ प्रतिशत, वडा कार्यालयतर्फ ४१ करोड ६० लाख ६ दशमलव ६ प्रतिशत, पूर्वाधारतर्फ २ अर्ब ८६ करोड ९० लाख अर्थात ४५ दशमलव ७ प्रतिशत बजेट प्रस्ताव गरेको छ।

More News last news
Loading...