आज पनि ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार (आज) पनि नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।

शुक्रबार प्रतितोला १२ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ५५० सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा केही दिनयता घट्दै गएको छ।

More News last news
Loading...