प्रदेश २ मा जसपा संसदीय दलको नेतामा राउत चयन

जनकपुरधाम । राष्ट्रिय जनता पार्टी नेपालमा चर्को विवाद चलिरहेको बेलामा प्रदेश २ मा सत्ता समिकरणको जोड घटाउमा संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन भएका छन्। जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा सत्ता समिकरणको कसरतमा मुख्यमन्त्री लालबाबु राउतलाई ३६ सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन गरेको हो।

पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा चलिरहेको बैठकमा संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपा श्रोतले जनाएको छ । बैठकमा सहभागी जसपाका एक नेताका अनुसार बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको जानकारी दिए ।

Advertisement

जसपा नेपालको केन्द्रमा महन्थ पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान र संसदीय दलको नेता चयन गरेका हुन्।

बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० जना र तत्कालिन राजपाबाट ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनाले निर्णयमा हस्ताक्षर गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए । साथै अन्य केही प्रदेशसभा सदस्यलाई समेत पक्षमा ल्याउने तयारी बहालवाला एक मन्त्रीले जानकारी दिए।

३६ भन्दा बढी प्रदेशसभा सदस्यको हस्ताक्षरसहित आजै प्रदेशसभा सचिवालयमा लालबाबु राउत चयन गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दिने तयारी अन्तिम चरणमा रहेको श्रोतको भनाइ छ । यद्यपि जसपाको बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयलाई फुटाएर मन्त्रालयको संख्या समेत बढाउने तयारी चलिरहेको छ।

जसपा श्रोतका अनुसार सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक र स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग, वन तथा वातावरण र पर्यटन मन्त्रालय बनाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएर भूमि, कृषि र सहकारी मन्त्रालय अलग-अलग बनाउने तयारी भएको छ।

More News last news
Loading...