शुक्लागण्डकी युनेस्कोद्वारा समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न वितरण

काठमाडौँ । शुक्लागण्डकी युनेस्को केन्द्रले आफ्नो स्थापना दिवसको अवसर पारेर कोभिड १९ का कारण खाद्यान्न समास्यामा परेका परिवारका लागि खाद्यान्य वितरण गरेको छ ।

केन्द्रले स्वास्थ्य मापदण्ड अपनाई घर घरमै पुगेर सहयोग खाद्यान्न सहयोग वितरण गरेको शुक्लागण्डकी युनेस्को केन्द्रका अध्यक्ष भिष्म श्रेष्ठले बताए । शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा गई खाद्य अभावमा परेका १२ वटा परिवारलाई सहयोग उपलब्ध गराएको श्रेष्ठले बताए ।

Advertisement

केन्द्रले यस अघि पनि क्वारेन्टाईनमा रहेका व्यक्तिहरुका लागि सहयोग गर्नुका साथै लक डाउनका समयमा फुड बैक सञ्चालन गरी सयौँ परिवारलाई खाद्यान्न उपलब्ध गराएको थियो । स्थापनाको प्रथम वर्षमानै केन्द्रले सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको छ।

More News last news
Loading...