काठमाडौँ । अपि पावर कम्पनीले भोलिदेखि (जेठ २० गते) हकप्रद सेयर बिक्रि खुला गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो।
अपिको हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी कार्यालयबाट आवेदन दिन सकिने छ।
त्यस्तै पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।
अपि पावरको हकप्रद सेयरलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ।
यो रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । हाल यसको अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी ४ अर्ब रुपैयाँ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
