काठमाडौँ । एनआरएनए अफ्रिकाको तत्काल मातृभुमीलाई अक्सिजन सहयोग अभियान अन्तरगत आज चिसापानी अस्पताल, नवलपरासीलाई सत्तरी थान रिफिल अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ।
एनआरएनए राष्ट्रिय समन्वय समिती कङ्गोको आर्थिक सहयोग र लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बी २ एरिया ४, लायन्स कल्ब अफ नवलपरासी दाउन्ने को ब्यबस्थापनमा चिसापानी अस्पताल, आइसोलेसेन सेन्टरलाई उक्त अक्सिजन सिलिण्डरहरु हस्तान्तरण गरिएको थियो।
संघ र लायन्स क्लबको तर्फबाट उक्त सिलिन्डरहरु चिसापानी अस्पताललाई लायन्स क्लव अफ नवलपरासी दाउन्नेका अध्यक्ष लायन रामचन्द्र अधिकारी र समाजसेवी तीलबहादुर क्षेत्रीले संयुक्त रुपमा गरेका थिए।
एनआरएनएको अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिहरुका तर्फबाट लुम्बिनी क्षेत्रको संयोजन कङ्गो अध्यक्ष अमृत क्षेत्रीले गरिरहेका छन् ।
संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाका अनुसार हालसम्म देशका विभिन्न दश जिल्लाहरुका अस्पतालमा १०५ अक्सिजन सिलिन्डर, सिलिन्डर खरिद सहित र ९०० थान रिफिल सिलिन्डर गरि जमा १००५ थान अक्सिजन सिलिन्डर, एनआरएनए अफ्रिकाका तर्फबाट बितरण गरि सकिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
