लकडाउनमा झनै कडाईः १४ गतेदेखि किराना र डिपार्टमेन्ट स्टोर पनि बन्द

काठमाडौँ । उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय गरिएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेका हुन्।

किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए।

Advertisement

मंगलबार काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ।

‘अब साग–सब्जी पसल मात्र खोल्न पाइन्छ’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भने,‘कोभिड–१९ को चेन ब्रेक गर्नका लागी यो निर्णय लिएका हौं।’

त्यस्तै बैठकले काठमाडौँ उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरिएको छ। काठमाडौँ उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ।

प्रजिअहरुको बैठकले निषेधाज्ञा जारी गरेपछि कोभिड–१९ संक्रमण कन्ट्रोल भएको निष्कर्ष निकालेका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँमा १८६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै भक्तपुरमा ३२३ र ललितपुरमा ४२७ जनामा संक्रमण पुष्टि भएको छ।

More News last news
Loading...