कोरोना नियन्त्रणमा प्रहरी निरीक्षक पौडेलको सक्रियता

वालिङ । कोरोना महामारीको जोखिम वढेसँग स्याङ्जाको वालिङमा रहेको थुनुवा कक्ष खाली भएपछि प्रहरीहरु नै कोरोना संक्रमण नियन्त्रणमा लागेका छन्।

जिल्लाको ११ पालिकाहरु मध्ये वालिङ् नगरपालिका सहित ४ नगरपालिका र १ गाउँपालिकाको मुद्धा चल्ने प्रहरी कार्यालयमा दर्जनौ मुद्धाका दजर्नौ अभियुक्तहरु हुने गरेपनि हाल कोभिड महामारीको कारण थनुवा कक्ष खाली भएपछि प्रहरीहरु नै कोरोना संक्रमण नियन्त्रणमा लागेका हुन्।

Advertisement

थुनुवा कक्ष खाली र मुद्धाको चाप पनि कम भएकोले प्रहरी निरिक्षण हरि प्रसाद पौडेलको नेतृत्वको टिम यतिबेला आवश्यकता अनुसार अक्सिजन सिलिण्डर वितरणमा लागेको हो।

विभिन्न अक्सिजन वितरण केन्द्र तथा ग्यारेजहरुबाट ५४ थान सिलिण्डर बरामत गरी गह्रौ प्राथमिक अस्पतालको रोहबरमा वडा प्रहरी कार्यालयबाट आवश्यकता अनुसार वितरण गरिएको छ।

झण्डै १० महिना पहिलेदेखि वडा प्रहरी कार्यालयको कमाण्ड समाल्दै आएका प्रहरी निरिक्षक पौडेलको सक्रियताका कारण ठुला अपराधहरु हुन नपाएको स्थानीयहरु बताउँछन्।

“अहिले मुद्धा चलिहाल्ने प्रक्रियाका घटनाहरुमा कमि आएका छन्।” प्रहरी निरिक्षण पौडेलले भने “गाउँघरमा हुने सानातिना घटनाहरुलाई स्थानिय वडा अध्यक्ष तथा स्थानिय बासीको रोहबरमा सम्बन्धित् ठाउँमै नै मिलाउने गरेका छन्। जसले गर्दा अहिले हाम्रो थुनुवा कक्ष खाली भएको हो।”

सानातिना घटनाहरुमा पनि प्रहरी कार्यालय आएर मिलापत्र गर्ने गरिन्छ तर कोभिड संक्रमणका कारण स्वंम प्रहरी तथा स्थानियहरुलाई पनि कोभिडको जोखिम हुने हुँदा स्थानिय स्तरमा समाधान गर्ने गरिएको छ।

“अहिले सम्पुर्ण विश्वनै कोभिडका कारण भयवित छन्, जसले गर्दा मानिसहरु घर भित्रै छन् तर पनि गाउँघरमा सानातिना घटना भैरहन्छन्।” भिरकोट नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण) ले भने “ती सानातिना घटनालाई प्रहरी कार्यालयमा जानकारी गराई गाउँमै मिलाएका छौँ।”

सानातिना घटनाहरु गाउँमै मिलाउदा जोखिम कम हुने भएपनि अलि गम्भीर प्रकृतीका घटनाहरुलाई भने गाउँमै मिलाउन छुट नदिने प्रहरी निरिक्षक पौडेलको भनाइ छ।

More News last news
Loading...