काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।
आइतबार तोलामा १ सय रुपैयाँले बढेको सुन आज भने प्रतितोला ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। साताको दोस्रो दिन आज भने सुनको मूल्य बढेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
