आज चम्कियो सेयर बजार, यी कम्पनीको मूल्य सबैभन्दा उच्च

काठमाडौँ । आइतबार सेयर बजारमा उछाल देखिएको छ। निषेधाज्ञामा विभिन्न क्षेत्र बन्द भएसँगै सेयर बजारतर्फ लगानीकर्ताको आकर्षण देखिन्छ।

सेयर बजार ५४ अंकले बढेको छ। बजार समग्रमा २.०७ प्रतिशतले बढेको हो। यस दिन सेयर बजार २६६५.१० बिन्दुमा अडिएको छ।

Advertisement

आइतबार ७ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ। सबै समूह हरियाली छ। तीनवटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा माथिले बढेको छ।

महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर यसको सेयर मूल्य ३ हजार ४ सय ३७ रुपैयाँ कायम भएको छ।

यता विशाल बजार कम्पनीको सेयर मूल्य पनि यहि अनुपातमा बढेको छ। यसको सेयर मूल्य ५ हजार ६ सय ८ रुपैयाँ कायम भएको छ।

यता सिंगटी हाइड्रोको सेयर मूल्य पनि ९.९२ प्रतिशतले बढेर ३ सय ९९ रुपैयाँ कायम भएको छ। खरिद बिक्री रकममा ४२ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अगाडि छ।

दोस्रोमा पुनर्बिमा र तेस्रोमा नेपाल टेलिकम रहेका छन। २२६ कम्पनीको १ करोड ५८ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको हो।

More News last news
Loading...