आज बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार (आज) नेपाली बजारमा सुनको भाउ केही बढेको छ।

शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेको सुन आज भने प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छाआज बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?पावाल प्रतितोला प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। साताको पहिलो दिन आज भने सुनको मूल्य थोरैले बढेको हो ।

More News last news
Loading...