ट्रेड युनियन कांग्रेस शुक्लागण्डकीद्धारा श्रमिकहरुलाई स्वास्थ्य साम्रागी वितरण

तनहुँ । नेपाल ट्रेड युनियन कांग्रेस शुक्लागण्डकी तनहुँले कोभिड-१९ सचेतना कार्यक्रम तथा स्वास्थ्य साम्रागी वितरण गरेको छ।

१३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ बाट कसरी बच्ने भन्ने बिषयमा सचेतनाका साथै मास्क, सनिटाइजर लगायतका स्वास्थ्य साम्रगीहरु वितरण गरिएको हो ।

Advertisement

तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत दुलेगौडामा आयोजित कार्यक्रममा विभिन्न श्रमजीवि व्यक्तिहरुलाई सचेतना दिदैं स्वास्थ्य साम्रगी वितरण गरिएको थियो ।

कार्यक्रममा प्रखुख अतिथि नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चुडामणी खनालले ट्रेड युनियनका तर्फबाट यस्ता सचेतना कार्यक्रम समय समयमा हुनुपर्नेमा जोड दिदैं दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य रसामाया गुरुङ, नेपाली कांग्रेस तनहुँका सदस्य भक्त श्रेष्ठ, शिक्षक संघ शुलागण्डकीका सभापति नवराज लामिछाने लगायलते शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेस शुक्लागण्डकी नगरका सभापति नारायण प्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवी न्यौपानेले स्वागत मन्तब्य राखेका थिए भने दाताराम अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए।

More News last news
Loading...