काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) नेपाली बजारमा सुनको भाउ बढेको छ।
मंगलबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको भाउ आज भने ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल प्रतितोला प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। दोस्रो लहरको कोरोना संक्रमणपछि आजदेखि सुरु भएको लकडाउनको पहिलो दिनमै सुनको भाउ बढेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
