आज ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् कति छ तोलाको ?

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।

मंगलबार तोलामा १ सय रुपैयाँले घटेको सुनको भाउ आज भने पुनः ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल प्रतितोला प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।

More News last news
Loading...