सिंगटीको सेयर नेप्सेमा सूचीकरण, कतिमा हुन्छ कारोबार ?

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपिओ नेप्सेमा सूचीकरण भएको छ। यसको सेयर कारोबार अब बुधबारबाट हुनेछ।

नेप्सेले सिंगटीको तोकेको ओपनिङ रेन्जअनुसार पहिलो कारोबार न्यूनतम एकसय रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँको रेन्जमा रहेर हुनेछ।

Advertisement

‘एसएचइएल’ संकेतमा सिंगटीको दोस्रो बजारमा कारोबार हुनेछ। यस हाइड्रोपावरले चुक्ता पुँजीका आधारमा कायम १ करोड ४५ लाख कित्ता सेयर मंगलबार सूचीकरण गरेको हो।

सिंगटीले चैत ६ गतेबाट १० गतेसम्म १०० रुपैयाँ दरको कूल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो।

कम्पनीले कर्मचारी तथा सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी कुल २६ लाख ९७ हजार कित्ता सेयर बिक्री गर्नका लागि आवेदन खोलेको थियो ।

दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीको दाबी छ।

कुल २५ मेगावाट क्षमताको यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड छ। कुल ५ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।

More News last news
Loading...