काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) नेपाली बजारमा सुनको भाउ स्थिर छ।
आइतबार तोलामा ४ सय रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदीको भाउ पनि स्थिर छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। नयाँ वर्षयता उताबचढाप रहेको सुनको भाउ आज भने स्थिर रहेको थियो ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
