काठमाडौँ । आइतबार (वैशाख १२ गते) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ।
यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो। ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आइतबार सेयर बजार राताम्मे बनेको छ। २७ सय बिन्दु माथि पुगेको सेयर बजार २६ सय बिन्दु तल झरिसकेको छ ।
२१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। २ कम्पनीको भाउ सर्किट लाग्ने गरी बृद्धि भएको छ।
खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँसहित निफ्रा (नेपाल पूर्वाधार बैंक) सबैभन्दा अघि छ। दोस्रोमा ज्योति लाइफ इन्सुरेन्स र तेस्रोमा अपर तामाकोशी रहेका छन्।
आइतवार बैंकिङ समूहको शेयर साढे ४२ अङ्कले, विकास बैंक समूहको शेयर ८६ अङ्कले, व्यापारको एक सय १३ अङ्कले, होटल तथा पर्यटनको दुई सय २० अङ्कले, जलविद्युतको एक सय १२, फाइनान्सको ४४, माइक्रो फाइनान्सको एक सय ६० अङ्कले, जीवन बीमाको चार सय ६०, निर्जीवन बीमाको चार सय ४०, उत्पादनको एक सय ३६ र अन्य समूहको शेयर ४७ अङ्कले घटेको छ ।
त्यस्तै सबैभन्दा धेरै चन्द्रागिरि हिल्स र नारायणी विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ। समग्र बजार घटे पनि महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
