सानैमा आमा वुवाले छोडेका जेफ बेजोस कसरी बने विश्वकै धनी ? यस्तो छ उनको पीडादायी संघर्ष

काठमाडौँ । फोर्ब्स म्यागेजिनले हालै विश्वका अर्बपतिहरुको आफ्नो वार्षिक सूची सार्वजनिक गर्‍यो । महामारीका बाबजुत सन् २०२० मा विश्वमा ४९३ जना नयाँ अर्बपति थपिए भने विद्यमान सम्पत्तिमा अभूतपूर्व रुपमा ५ ट्रिलियन डलरले वृद्धि भएको फोर्ब्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

अर्बपतिहरुको सूचीमा लगातार चौथो वर्ष पनि अमेजनका सीईओ जेफ बेजोसले पहिलो स्थान कब्जा गरेका छन् । उनको सम्पत्ति सन् २०१९ मा भन्दा सन् २०२० मा ६४ अर्ब डलरले वृद्धि भएको छ।

Advertisement

फोर्ब्सको सूचीअनुसार अमेजन सीईओ जेफ बेजोसको कूल सम्पत्ति १ खर्ब ७७ अर्ब डलर रहेको छ। आज हामी विश्वकै धनाड्य व्यक्ति जेफको संघर्षको कथाका बारेमा जानकारी दिदैछौँ ।

यस्तो छ विश्वको सबैभन्दा धनी व्यक्तिको कथा

बच्चामा थियो पैसाको समस्या
जेफ बेजोस आज अरबौंको मालिक छन् । तर उनको जीवनमा एक समय यस्तो थियो जब उनीसँग पैसाको अभाव थियो । बेजोस ४ वर्षको हुँदा उनका बुबाले छाडेर गए । आमाले दोस्रो विवाह गरिन् । उनको बाल्यकाल आमा बुबाको प्रेम बिना नै बित्यो । आमाले दोस्रो विवाह गरेपछि उनको पालन पोषण मामाघरका हजुरबुबाले गरेका थिए ।

पढाइमा अब्बल बेजोस सधैं घरमा रहेका सामानहरु खोल्ने र हेर्ने गर्थे र फेरी जोड्थे । उनको यही लगनले उनलाई एक यस्तो कम्पनी खडा गर्न सफल बनायो र ऊ विश्वको सबैभन्दा धनी मानिस बन्न सफल भयो । जेफ बेजोसको पुरा नाम जेफ प्रेस्टन बेजोस हो ।

सन् १९९४मा अमेजनको सुरुवात
जेफ बेजोसले १९८६ मा प्रिन्स्टन विश्वविद्यालयबाट स्नातक गरे र त्यसपछि कम्प्यूटर साइन्सको क्षेत्रमा काम गरे । त्यसपछि जेफले फिटेल भन्ने कम्पनीको लागि नेटवर्क निर्माण गर्ने काम गरे । १९९४ मा न्यूयोर्कबाट सिएटलसम्मको यात्रा पछि उनले अमेजन डट कम को स्थापना गरे ।

More News last news
Loading...