१० करोडको लगानीमा युवा व्यवसायी रायमाझीले खोले लालबन्दीमा डालीमार्ट स्टोर

काठमाडौँ । सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दीमा करिव १० करोडको लगानीमा डालीमार्ट नामक डिपार्टमेन्ट स्टोर खुलेको छ।

२०५२ सालदेखि व्यवसाय लालबन्दीमै व्यबसाय गर्दै आएका हरिवन नगरपालिका–११, निवासी युवा व्यवसायी अर्जुन रायमाझीले एकल लगानीमा लालबन्दी नगरपालिका–७, स्थित मरिण चौक नजिक सो डिपार्टमेन्ट स्टोर सञ्चालनमा ल्याएका हुन्।

Advertisement

डिपार्टमेन्ट स्टोरको वुधवार बिहान पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, प्रदेश सभा सदस्य बेची लुंगेली, लालबन्दीका जनप्रतिनिधि, व्यवसायी र समाजसेवी लगायतको उपस्थितिमा उदघाटन गरिएको हो।

डिपार्टमेन्ट स्टोरमा खाद्यान्न, किचेन, इलेक्ट्रोनिकलगायत गरी ७ हजार प्रकारको सरसामग्री राखिएको र उद्घाटनका अवसरमा समान अनुसार १५ प्रतिसतसम्म छुटको व्यवस्था मिलाइएको संचालक रायमाझीले जानकारी दिए।

व्यवसायी रायमाझीले उदघाटनकै अवसरमा सेवाग्राहीको अत्यधिक चाप देखेर अत्यन्त उत्साह जागेको भन्दै खुशी समेत व्यक्त गरेका छन्।

लालबन्दीमा झण्डै तीन दशकदेखि इँटा भट्टा, हार्डवेयर लगायतको व्यवसाय गर्दै आएकोले लालबन्दी र आसपासका नागरिकलाई हरेक सर सामग्री सुपथ मूल्यमा उपलब्ध गराउनका लागि डिपार्टमेन्ट स्टोर संचालन गरिएको उनले जनाए।

More News last news
Loading...