नेपालमा अब कतारी रियालको कारोबार बन्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही वैशाख २७ गतेदेखि कतारी रियालको कारोबार बन्द हुने जनाएको छ।

केन्द्रीय बैंकले मङ्गलवार एक सूचना प्रकाशित गर्दै सो अवधिभित्रै कतारी रियाल सटही गर्न भनेको छ । त्यसपछि कारोबार बन्द हुने सूचनामा उल्लेख छ।

Advertisement

कतारको केन्द्रीय बैंकले चलनचल्तीमा रहेका बैंक नोट आउँदो असार १७ देखि नयाँ नोट प्रकाशनमा ल्याउने भएकाले पुराना नोट नचल्ने निर्णय गरेको छ। त्यस अवधिभन्दा अघि नै सटहीका लागि समयसीमा तोकिएको हो।

वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीले कतारी नोट ल्याएर राखेको हुन सक्ने भन्दै सटहीको लागि सूचना प्रकाशित गरिएको केन्द्रीय बैंकको भनाइ छ।

More News last news
Loading...