काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ। आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुन आज पुनः ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो र अस्ती पनि यही मूल्यमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। नयाँ वर्षको सुरुवातसँगै लगातार बढिरहेको सुनको भाउ आज भने थोरै मूल्यले घटेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
