काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। आइतबार तोलामा २ सय रुपैयाँ बढेको सुन आज पुनः ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार २ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो र अस्ती पनि यही मूल्यमा कारोबार भएको थियो ।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। नयाँ वर्षको सुरुवातसँगै सुनको भाउ लगातार बढिरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
