काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ बढेको छ। बिहीबार तोलामा ३ सय रुपैयाँ बढेको सुन आज पुनः ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। नयाँ वर्षको सुरुवातसँगै सुनको भाउ लगातार बढिरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
