स्ववियु त्रिआमावि स्याङ्जाद्वारा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाले स्नातक तहका नवआगन्तुक विद्यार्थीहरुलाई एक कार्यक्रमका बिचमा स्वागत तथा सम्मान गरेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका मालेबगरमा रहेको क्याम्पसको हाताभित्र भएको उक्त कार्यक्रममा क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्खरै पढ्दै गरेका नयाँ विद्यार्थीहरुलाई स्ववियुले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सहित स्वागत गरेको हो ।

Advertisement

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल विद्यार्थी संघ स्याङ्जाका अध्यक्ष युवा नेता अजित क्षेत्रीले विद्यार्थीहरुका शैक्षिक गुणस्तरका मुद्दामा कसैसँग सम्झौता नगर्ने बताउँदै समयअनुसारका नयाँनयाँ कोर्सको पढाइ सञ्चालन गर्नेतर्फ क्याम्पस लाग्नुपर्ने सुझाव दिए ।

यस्तै, क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले नयाँ वातावरणमा विद्यार्थीको पठनपाठन र प्रतिभा प्रस्फुटनलाई मुख्य आधार मानेर सिकाइ क्रियाकलाप सञ्चालन गरिएको र क्याम्पसले सिकाइमा प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकतामा राखेर काम गरिरहेको धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य सोमनाथ लम्साल, नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापति विज्ञान भण्डारी, उपसभापति सौजन गुरुङ, नेबिसंघका इकाइ अध्यक्ष गौरव प्रधान लगायतले धारणा राखेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सुनिल चापागाईँको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन सबिन रेग्मीले गरेका थिए भने स्वागत मन्तव्य गौरव प्रधानले गरेका थिए ।

More News last news
Loading...