काठमाडौँ । बेलायती राजकुमार ह्यारी मिडलटन अहिले शोकमा छन्। उनका हजुरबुवा, ड्युक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको छ र ह्यारी हजुरबुवाको अन्तिम संस्कारका लागि अमेरिकाबाट बेलायत पुगेका छन्।
यही बेला एक महिला वकिलले भने राजकुमार ह्यारीले आफूसँग बिहे गर्छु भनेर धोका दिएको भन्दै अदालतमा मुद्दा हालिन्। उनले राजकुमार ह्यारी मिडलटनलाई पक्राउ गर्न माग गरेकी थिइन्।
यी महिला भारतीय हुन्। उनले भारतकै पंजाब र हरयाणा उच्च अदालतमा मुद्दा हालेकी थिइन्। अदालतले भने उनको यो मुद्दा खारेज गरिदिएको छ। लाइभ लको रिपोर्ट अनुसार ती महिलाले अदालतमा दायर गरेको मुद्दामा राजकुमार ह्यारीले सामाजिक संजालमार्फत आफूसँग विवाह गर्ने बाचा गरेको दावी गरेकी थिइन्।
उनले राजकुमारले आफ्नो बाचा तोडेकोले अब विवाहमा ढिलाइ नहोस् भन्ने सुनिश्चित गर्न राजकुमारलाई पक्राउ गरिदिन माग गरेकी थिइन् । अदालतले बेलायती प्रहरीलाई राजकुमारलाई पक्राउ गर्न आग्रह गरिदिनुपर्ने उनको माग थियो।
अदालतले उनको मुद्दा खारेज गर्दै यो सामाजिक संजालमा झुक्याइएको घटना भएको बताएको छ। अदालतले भनेको छ ‘सबैलाई थाहा छ कि सामाजिक संजालहरु फेसबुक, ट्वीटरमा फर्जी आइडी बनाइन्छ र यी आइडीबाट भएको कुराकानीलाई अदालतमा प्रमाणको रुपमा पेश गर्न सकिँदैन। सम्भावना छ कि कथित प्रिन्स ह्यारी पंजाबको कुनै गाउँको साइबरमा बसेर यस्तो गरिरहेको होला।’
अदालतले अगाडि भनेको छ ‘महिलाद्वारा दायर याचिकामा सुनुवाइको कुनै आधार छैन। अदालतले केवल याचिकाकर्ताप्रति सहानुभूति प्रकट गर्न सक्छ जसले कथित प्रिन्स ह्यारीमाथि विश्वास गरिन् कि उनको कुराकानी सत्य हो ।’ अदालतले यसलाई दिउँसो सपना देख्नुजस्तो भएको बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
