टिकटक बन्यो पुनः सर्वाधिक लोकप्रिय एप, महिनामै ६ करोड डाउनलोड

काठमाडौँ । छोटो भिडियो बनाउने तथा सेयर गर्ने लोकप्रिय एप टिकटक लगातार दोश्रो महिना पनि विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न सफल भएको छ।

एप एनालिटिक्स कम्पनी सेन्सर टावरको पछिल्लो तथ्यांकअनुसार बितेको मार्च महिनामा एप्पलको एप स्टोर र गुगल प्ले स्टोरबाट गरी टिकटक ५ करोड ८० लाख पटक डाउनलोड भई नन गेमिङ एपतर्फ सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा रहेको छ।

Advertisement

सर्वाधिक डाउनलोड हने नन गेमिङ एपको दोश्रो नम्बरमा फेसबुक रहेको छ। मार्च महिनामा फेसबुक एप विश्वमा ५ करोड ६० लाख पटक डाउनलोड भएको छ।

फेसबुक मातहतकै अन्य एपहरु इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर क्रमशः तेश्रो, चौथो र पाँचौ स्थानमा रहेका छन्। मार्च महिनामा सर्वाधिक डाउनलोड हुने टपटेनमा रहेका अन्य एपहरुमा स्न्यापच्याट, जोश, जूम, टेलिग्राम र क्यापकट रहेका छन्।

तथ्यांक अनुसार सबैभन्दा धेरै टिकटक इन्स्टल हुने देशको रुपमा चीन रहेको छ। मार्च महिनाको तथ्यांक अनुसार चीनको हिस्सा ११ प्रतिशत छ भने दोश्रो नम्बरमा १० प्रतिशतसहित अमेरिका छ। भारतमा भने टिकटक प्रतिबन्धित रहेको छ।

उता मार्च महिनामा सबैभन्दा धेरै फेसबुक एप इन्स्टल हुनेमा भारत पहिलो नम्बरमा छ। मार्च महिनामा भएको फेसबुक एपको विश्वव्यापी डाउनलोडमध्ये २५ प्रतिशत हिस्सा भारतको छ। दोश्रो स्थानमा रहेको अमेरिकाको ८ प्रतिशत रहेको छ।

एप स्टोर र गुगल प्ले स्टोरमा गरी समग्रमा सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा टिकटक रहेको भए पनि गुगल प्ले स्टोरबाट मात्रै सबैभन्दा धेरै डाउनलोड हुने एपको पहिलो नम्बरमा चाहिँ फेसबुक रहेको छ। गुगल प्ले स्टोरबाट मात्र सर्वाधिक डाउनलोड हुने टपटेन एपको सूचि यस्तो छः

· फेसबुक
· इन्स्टाग्राम
· टिकटकट
· जोश
· ह्वाट्सएप
· स्न्यापच्याट
· मेसेन्जर
· टेलिग्राम
· जूम
· मोज

त्यस्तै एप्पलको एप स्टोरबाट सर्वाधिक डाउनलोड हुने टपटेन एपको सूचि यस्तो छः

· टिकटक
· युट्युब
· इन्स्टाग्राम
· ह्वाट्सएप
· फेसबुक
· जूम
· मेसेन्जर
· ताओबाओ
· गुगल म्याप्स
· जिमेल

More News last news
Loading...