नयाँ वर्षका अवसरमा नेपाल टेलिकमले ल्यायो विभिन्न प्याकेज सहितको स्प्रिङ अफर

काठमाडौँ । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गतका सेवाहरु चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिनेछ। यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराएको हो।

Advertisement

नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५ सय एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जीबी डाटाको अफर जम्मा २ सय ९९ मा उपलब्ध गराएको छ।

स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा १ सय २५ मा सबै नेटवर्कमा १ जीबी र फोरजी नेटवर्कमा थप ३ जीबी गरी जम्मा ४ जीबी डाटा अफर ल्याएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४ सै घण्टा प्रयोग गर्न सकिन्छ।

साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० को अर्को अफर पनि थप गरेको छ। यो अफर २४ सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ ।

नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरूका लागि जम्मा २ सय ८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याक अफर ल्याएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जीबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसैगरी टेलिकमले डाटा प्याक अन्तर्गत नै जम्मा ९५ मा १.५ जीबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराएको छ। यो प्याक ७ दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिन्छ।

सिडीएमए मोबाइल र वाइ म्याक्स सेवाका ग्राहकहरू कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरु मध्ये सीमित अफरहरूलाई मात्र निरन्तरता दिएको टेलिकमले जनाएको छ।

More News last news
Loading...