किरण भुजेल र अस्मिता अधिकारीको स्वरमा ‘मन खाने माया’ सार्वजनिक (भिडियो)

लन्डन  । बेलायत बस्दै आएका गीतकार दीप गिरीले नयाँ गीत “मन खाने माया” युट्युव मार्फत सार्वजनिक गरेका छन्। यस गीतमा नेपाल आइडलका तेश्रो रनर अप गायक किरण भुजेल र अस्मिता अधिकारीको स्वर रहेको छ।

रेडियो नेपालको २०७७ सालको राष्ट्रब्यापि आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट संगीतकारको ट्रफि पाइसकेका चर्चित संगीतकार शंकर थापा स्माइलको संगीत रहेको यस गीतको संयोजन विश्व अधिकारीले र भिडियो  निर्देशन गणेश शाहले गरेकाछन् ।

Advertisement

त्यसैगरी रोनिको कोरियोग्राफि रहेको यस भिडियोमा डिमोन क्षेत्री, रोनि, श्रृजना जीसी र स्मृति श्रेष्ठको मुख्य अभिनय रहेको छ। म्युजिक भिडियो हेर्दा नाचुँ नाचुँ लाग्ने खालको कमर्सियल गीत बनेको देखिन्छ।

गीतकार दीप गिरीले आफनो सांगितिक यात्रा २०४९ सालबाट प्रतिविम्व ब्याण्डमा संगीतकार राजु सिंहसँग जोडिन पुगेपछिबाट शुरु भएको बताए।

उनका गीतहरु कर्ण दास, जोन तण्डुकार, धनुषा सिंह, योजना पुरी, राज खाम्बु र साधना सरगमले स्बरवद्ध गरिसकेकाछन् भने हरि लम्सालको संगीतमा सुजन पराजुली र दिब्यानी शर्माको स्वरमा अर्को गीत रेकर्ड भइ सकको छ।

“मन खाने माया” को युट्युव लिंक :  

More News last news
Loading...