काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि साढे ५ लाख कित्ता बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित कुल ५ लाख ५५ हजार ६०० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।
शुक्रबार लिमिटेडले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई आफ्नो सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
यसै क्रममा सिंगटी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आइपियो बाँडफाँट भएको हो।
कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवदकबाट शेयर माग भएको थियो। त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। योग्य आवेदकबाट २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
