काठमाडौँ । सिंगटी हाइड्रोपावरको आईपीओ आज शुक्रबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आइपियो बाँडफाँट भएको हो। कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवदकबाट शेयर माग भएको थियो ।
त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। योग्य आवेदकबाट २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन्।
कम्पनी शेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले वितरण गरेको हो। त्यस अनुसार योग्य आवेदकबाट १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएका छन्। कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो।
त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो।
बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो। सर्वसाधारणले मेरो शेयर, कम्पनीको वेबसाइट र बिक्री प्रबन्धकको वेबसाइटमा गइ नतिजा हेर्न सक्ने कम्पनीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
