सामाजिक सेवामा सुर्य नेपाल, म्याग्दे गाउँपालिकालाई दियो एम्बुलेन्स उपहार

दुलेगौँडा । सूर्य नेपाल प्रा.लि. सेराटार तनहुँले म्याग्दे गाउँपालिका तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

म्याग्दे गाउँपालिकामा आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आले, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख कार्यकारी नारायण प्रसाद अधिकारी, म्याग्दे गाउपालिका वाड न ६ का अध्यक्ष बसन थापा, सुर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, एच.आर म्यानेजर अन्जन दुवाडी, कमर्सियल म्यानेजर गौतम यादव तथा सुरक्षा बिभाग प्रमुख होमनाथ अर्याल लगायतको सहभागितामा एम्बुलेन्स हस्तान्तरण गरिएको हो।

Advertisement

कार्यक्रममा गाउँपालिका अध्यक्ष माया देवी राना आलेले सूर्य नेपाल प्रालि बाट यस क्षेत्रमा भईरहेको सहयोगको उच्च मुल्यांकन गर्दै भबिस्यमा समेत येस्तै सहयोगको अपेक्षा गरिन्।

यस्तै, सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले पनि यस क्षेत्रको समग्र बिकासको लागी स्थानीयसंग सहकार्य गर्दै अघि बड्ने कम्पनीको नीति रहेको बताएका थिए। सुर्य नेपाल प्रालि ले २०७७ असोजमा पनि शुक्लागण्डकी नगरपालिकालाई पनि एम्बुलेन्स हस्तान्तरण गरेको थियो

बिगत लामो समय देखि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्बाधार तथा अन्य सामाजिक बिकासका विभिन्न क्षेत्रहरूमा थुप्रै कार्यहरु गर्दै आएको सूर्य नेपाल प्रा.लि ले म्याग्दे गा.पा ६ मा अबस्थित रत्न मा बि मा टिच फर नेपाल सङ समन्वय गरि शिक्षक र विद्यार्थीलाई आवश्यक पर्ने कम्पुटर, ल्याब लगायतका शैक्षिक सामाग्री बितरण गरिसकेको छ।

More News last news
Loading...