आज पनि ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। बिहीबार प्रतितोला एक हजार रुपैयाँले बढेको सुन आज पुनः तोलामा नौँ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। यो हप्ता भने सुनको भाउ लगातार उकालो लागिरहेको छ।

More News last news
Loading...