पत्रकार महासंघ काठमाडौँ शाखाको अध्यक्षमा सूर्य सुवेदी र सचिवमा महेश गौतम विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको अध्यक्षमा सूर्य सुवेदी अत्याधिक मतले निर्वाचित भएका छन्।

सुवेदी ७१३ मत सहित अध्यक्ष पदमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी मोहन पन्तको पक्षमा जम्मा ३३७ र सीता पोखरेलको पक्षमा ७९ मत खसेको थियो। त्यस्तै उपाध्यक्ष (खुल्ला) मा रामचन्द्र दुलाल विजयी भएका छन्। उनले ४६२ मत प्राप्त गरेका छन् ।

Advertisement

त्यस्तै उपाध्यक्ष महिलामा अप्सरा गौतम र सचिवमा महेश्वर गौतम विजयी भएका छन्। उनीहरुको पक्षमा क्रमशः ५८८ मत र ४३३ मत खसेको थियो।

त्यस्तै सहसचिव खुल्लामा अर्जुन डोटेल विजयी भएका छन्। उनको पक्षमा ५८२ मत परेको छ। कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन्।

त्यस्तै निर्वाचित हुने सदस्यहरूमा कमलराज राई, कृष्णप्रसाद गौतम, कृष्णप्रसाद ढुंगेल, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहोरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल रहेका छन्।

त्यस्तै निर्वाचित हुनेमा सदस्य (मधेसी) मिनाकुमारी यादव, सदस्य (दलित) शोभा नेपाली, सदस्य (अन्य समावेशी) दिपक काफ्ले, सदस्य (महिला) शोभा अर्याल, सदस्य (आदिवासी जनजाति) सुवासकुमार सुनार रहेका छन्। बुधबार सम्पन्न निर्वाचनमा काठमाडौँ शाखामा जम्मा १२३४ मत खसेको थियो।

यस्तो छ निर्वाचित र अन्यको मत सूची

More News last news
Loading...