गायक जीवन ढुङ्गेल र उषा दाहालको ‘बटुवा’ बजारमा (भिडियो)

काठमाडौँ । गायक तथा संगीतकार  जीवन ढुङ्गेल र उषा दाहालको आवाजमा रहेको गीत ‘बटुवा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीत ओआरएस डिजिटल यूट्यूब च्यानलमार्फत हिजो (बुधबार) सार्वजनिक भएको हो।

मोहन खड्काको शब्द रहेको गीतमा गायक ढुङ्गेलको संगीत रहेको छ भने भिडियोको निर्देशन राज केपीले गरेका छन्। गीतमा प्रथम क्षेत्री र समिक्षा केसी र गायक ढुङ्गेलको अभिनय रहेको छ। गीतमा ‘बटुवा’ भएर आफ्नो मायालूको घर पुगेको कुरालाई देखाएको छ।

Advertisement

प्रेमलाई उकृष्ट ढंगबाट प्रस्तुत गरिएको गीतमा मागी बिहे, भागी बिहे उल्लेख गरिएको छ। भिडियोमा प्रथम र समीक्षा रोमान्स देख्न सकिन्छ। यस्तो छ म्युजिक भिडियो :

More News last news
Loading...